• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

कृषि विकास बैंकको वित्तीय प्रणालीमा पहुँच राखी रु पाँच करोड रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न थप एक पक्राउ



काठमाडौँ । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी पैसा रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनापछि फरार हुँदै आएका धादिङ जिल्लाको रुवीभ्यालीका ५४ वर्षीय खम्ब घलेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । कूल ३५ मध्ये उनी प्रमुख पाँचभित्र पर्ने अभियुक्त हुन् ।

सङ्गठित अपराधमा संलग्न व्यक्तिले बैंकको वित्तीय प्रणालीमा पहुँच राखी पैसा रकमान्तर गरी बैंकलाई झण्डै रु पाँच करोड हानि–नोक्सानी पुर्याउने कार्यमा गिरोह नै सक्रिय रहेका थिए । प्रहरीले पूरा पैसा रकमान्तर हुनुअघि नै केही व्यक्तिलाई पक्राउ गरेपछि उनीहरुको योजना विफल भएको थियो । प्रवउ थापाका अनुसार महाशाखाबाट खटिएको टोलीले घलेलाई गए राति काठमाडौँको स्वयम्भूबाट पक्राउ गरी सङ्गठित अपराध कसुरमा थप कारबाहीका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।

अघिल्लो वर्षको असोजमा कृषि विकास बैंक शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा रु ४९ लाख रकमान्तर भएको थियो । उक्त रकमबाट रु नौ लाख ५० हजार भुक्तानीसमेत भएको थियो । अर्का श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु २० लाखको चेक पेश गरेको अवस्थामा शङ्का लागि बैंकको प्रणाली परीक्षण गर्दा सुनिता श्रेष्ठसमेतका व्यक्तिको खातामा बैंकको मौज्दातबाट वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखि रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले रु चार करोड ८८ लाख रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पुर्याउने योजना राखेका थिए ।  उक्त घटनापछि तत्कालै श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जा समेतलाई पक्राउ गरी सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । उक्त मुद्दामा ३५ जना संलग्न भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । अहिलेसम्म कुल २९ जना पक्राउ परिसकेका छन् ।