९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकको वित्तीय प्रणालीमा पहुँच राखी रु पाँच करोड रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न थप एक पक्राउ



अ+ अ-

काठमाडौँ । कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच राखी पैसा रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनापछि फरार हुँदै आएका धादिङ जिल्लाको रुवीभ्यालीका ५४ वर्षीय खम्ब घलेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । कूल ३५ मध्ये उनी प्रमुख पाँचभित्र पर्ने अभियुक्त हुन् ।

सङ्गठित अपराधमा संलग्न व्यक्तिले बैंकको वित्तीय प्रणालीमा पहुँच राखी पैसा रकमान्तर गरी बैंकलाई झण्डै रु पाँच करोड हानि–नोक्सानी पुर्याउने कार्यमा गिरोह नै सक्रिय रहेका थिए । प्रहरीले पूरा पैसा रकमान्तर हुनुअघि नै केही व्यक्तिलाई पक्राउ गरेपछि उनीहरुको योजना विफल भएको थियो । प्रवउ थापाका अनुसार महाशाखाबाट खटिएको टोलीले घलेलाई गए राति काठमाडौँको स्वयम्भूबाट पक्राउ गरी सङ्गठित अपराध कसुरमा थप कारबाहीका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।

अघिल्लो वर्षको असोजमा कृषि विकास बैंक शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा रु ४९ लाख रकमान्तर भएको थियो । उक्त रकमबाट रु नौ लाख ५० हजार भुक्तानीसमेत भएको थियो । अर्का श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु २० लाखको चेक पेश गरेको अवस्थामा शङ्का लागि बैंकको प्रणाली परीक्षण गर्दा सुनिता श्रेष्ठसमेतका व्यक्तिको खातामा बैंकको मौज्दातबाट वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखि रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले रु चार करोड ८८ लाख रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पुर्याउने योजना राखेका थिए ।  उक्त घटनापछि तत्कालै श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जा समेतलाई पक्राउ गरी सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । उक्त मुद्दामा ३५ जना संलग्न भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । अहिलेसम्म कुल २९ जना पक्राउ परिसकेका छन् ।