२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई रास्वपा सांसद श्रेष्ठको प्रश्न: राजदुत पद दलीय भर्ती केन्द्र हो ?



अ+ अ-

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले विभिन्न १७ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको सिफारिसप्रति आपत्ति जनाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा राजदुत दललाई सरकारले दलहरुको भर्ती केन्द्रको रुपमा उपयोग गरिरहेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

सांसद श्रेष्ठले पदीय मर्यादालाई धान्न नसक्ने व्यक्तिलाई राजदुत पदमा नियुक्ति गरेर नेपालको छविलाई अन्तर्राष्ट्रिय रुपमा धमिल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले राजदुत नियुक्तिको विषय नेपालको छवि बिगार्ने अस्त्र बनाउने काम सरकारले गर्न नहुने बताउनु भयो ।

सांसद श्रेष्ठले भन्नुभयो, ‘के राजदुत पद राजनीतिक दलहरुको भर्ती केन्द्र हो । राजदुत नहुँदा देशको प्रतिष्ठामा आँच आएको छ । र नेपालीहरुलाई समस्या परेको छ । सरकारले राजदुत नियुक्ति सम्बन्धि निर्देशिकाको समेत पालना गरेको छैन । यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउन सक्छ । देशको प्रतिनिधित्व गर्नुपर्ने राजदुत पदमा पदीय मर्यादा नै धान्न नसक्ने मान्छेको नियुक्तिले देशको छवि धमिल्याउन नदिन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद श्रेष्ठले राजदुत पद योग्यता र दक्षता भएको व्यक्तिलाई दिन उपयुक्त हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।