४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती अभिनेता जेमी बेकन अभिनित चलचित्र ‘एक्लो’ को छायांकन शुरु



अ+ अ-

काठमाडौँ । चलचित्र ‘एक्लो’ को छायांकन शुरु भएको छ ।

बुधवार काठमाडौंको भद्रकालीमा पूजाआज गर्दै ‘एक्लो’ को छायांकन शुरु गरिएको हो । चलचित्रमा बेलायती अभिनेता जेमी बेकन, दीया पुन, विजय लामा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्र छायांकनको शुभमूहुर्तको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता विजय लामाले ग्लोवल अडेन्सको निम्ति चलचित्र निर्माण गर्नुपर्ने बताउनु भयो ।

उहाँले संसारभर नेपाली चलचित्रको माग बढेको र अब नेपाली चलचित्रले पनि विदेशमा नाम कमाउनुपर्ने बताउनु भयो । अभिनेत्री दीया पुनले चलचित्रमा काम गर्न पाउँदा धेरै नै उत्साहित रहेको प्रतिक्रिया दिनुभयो । अभिनेत्री बेनिशा हमालले नेपाली सिनेमामा केही फरक र नयाँपन हुनुपर्ने र त्यो नयाँपन चलचित्र ‘एक्लो’ हुने बताउनु भयो । बेलायती अभिनेता जेमी बेकनले नेपाली संस्कृतिको चलचित्रमा काम गर्न पाउँदा धेरै नै खुशी र उत्साहित रहेको बताउनु भयो ।

चलचित्रले नयाँपन दिने कलाकारहरुको दाबी छ ।