६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ब्याङ्कमा जारी इजरायली कारबाहीमा १० प्यालेस्टिनीको मृत्यु: रेड क्रिसेन्ट



अ+ अ-

एजेन्सी । वेस्ट ब्याङ्कको उत्तरी सहरहरूमा इजरायली सेनाले गरेको कारबाहीमा परी कम्तीमा १० प्यालेस्टिनी नागरिक मारिएको रेड क्रिसेन्टका प्रवक्ता अहमद जिब्रिललले बुधबार बताउनुभएको छ ।

इजरायली आक्रमणमा परी जेनिन सहरमा दुई जना प्यालेस्टिनी, नजिकैको गाउँमा अन्य चार जना र टुबास सहर नजिकैको शरणार्थी शिविरमा थप चार जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको प्रवक्ता जिब्रिलले बताउनुभयो ।

इजरायली सेनाले बुधबार बिहान उत्तरी वेस्ट ब्याङ्कमा ‘जेनिन र तुलकार्ममा आतङ्कवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिरहेको जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलीद्वारा ६४० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएएछि गाजाको युद्धसँगै वेस्ट ब्याङ्कमा हिंसा बढेको छ ।

इजरायली अधिकारीकाअनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा कम्तीमा १९ इजरायली मारिएका छन् ।