१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा दुई अस्पताल भवन शिलान्यास



अ+ अ-

रसुवा । रसुवामा दुई अस्पताल भवन शिलान्यास गरिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाले अस्पतालको शिलान्यास गरेका छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ जिल्लाका तिन स्थानिय तहमा अस्पताल निर्माण हुन लागेको हो ।

आमाछोदिङ्मो गाउँपालिकामा भने जग्गा अभाब भएको र जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया सुरु गरिएको हुदाँ सोमबार शिलान्यास हुन नसकेको हो । एक हप्ताभित्र भित्रमा आवश्यक प्रक्रिया सम्पन्न गरि शिलान्यास गरि काम अघि बढाउने आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए ।

नौकुण्ड गाउँपालिका ३ स्थित निर्माण गरिन लागेको अस्पतालको प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद ईन्जिनियर  मोहन आचार्यले शिलान्यास गरेका छन् । कालिका गाउँपालिकामा निर्माण हुन लागेको अस्पतालको भने गाउँपालिकाका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीबाट शिलान्यास भएको छ । नौकुण्ड गाउँपालिकामा ५ शैयाको अस्पताल निर्माण हुने भएको छ भने आमाछोदिङ्मो र कालिका गाउँपालिकामा १५/१५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ ।