८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जनालाई उपाध्यक्षकै हैसियतमा वरिष्ठ नेता बनाइँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा नेता व्यवस्थापनमा सकस देखिएको छ । नेता धेरै तर पार्टी सानो भएपछि व्यवस्थापनमा समस्या भएको हो ।

पदाधिकारी र पोलिटब्यूरो सदस्य चयन सर्वसम्मतबाट हुन नसकेपछि निर्वाचन गराएको एकीकृत समाजवादीले पाँच जनालाई त उपाध्यक्षको हैसियतमा वरिष्ठ नेता बनाउने आश्वासन दिएको छ ।

घनेन्द्र बस्नेत, प्रमेश हमाल, बेदुराम भुसाल र पार्टीमा आएको खण्डमा वामदेव गौतम र भीम रावललाई वरिष्ठ नेता बनाइने आश्वासन अध्यक्ष माधवकुमार नेपालले दिएको बताइएको छ । गौतम र रावल नआएमा अन्य दुई जनालाई वरिष्ठ नेता बनाइने छ ।

बेदुराम र घनेन्द्र यस्ता कार्यकर्तामा प्रभाव कम भएको तर अध्यक्ष नेपालको भित्रिया हुन् । उनीहरुले आजसम्म कुनै पनि निर्वाचन फेस गरेका छैनन् । लाभको पदमा भने पटकपटक पुगिसकेका छन् ।

नेता व्यवस्थापन गर्न समस्या भएपछि पदाधिकारी र पोलिटब्यूरो चयन गर्न मतदान नै गर्नुपरेको छ ।

३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा निर्वाचनमा भने ३२२ मत मात्रै खसेको छ ।

डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न मतदान गरेको हो । अहिले मतगणना जारी छ ।

महिला उपाध्यक्ष एक पदका लागि जयन्तीदेवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । मधेशी समुदायको उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

खुला चार उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । चार उपमहासचिव पदमा लक्ष्मण केसीलगायत २० जनाको उम्मेदवारी परेको छ ।

नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।