२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा निरन्तर गिरावट



अ+ अ-

काठमाडौँ । यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ ।

आज नेप्से परिसूचक तीन दशमलव ८६ प्रतिशतले घटेको हो । आज तीन सय ३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता शेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ चार दशमलव ९२, विकास बैंक चार दशमलव १८, वित्त चार दशमलव ६९ र लगानी समूह चार दशमलव १३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जलविद्युत् तीन दशमलव ९६, जीवन बीमा तीन दशमलव ६५, उत्पादन तथा प्रशोधन दुई दशमलव ९३, लघुवित्त दुई दशमलव ९६, म्युचुअल फन्ड एक दशमलव ०९, निर्जीवन बीमा दुई दशमलव ४५, व्यापार दुई दशमलव १६ र अन्य समूह तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।

तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६५ करोड ४२ लाख नौ हजार पाँच सय ८२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार चार सय ५० बराबरको कारोबार भएको छ । रासस