४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

मलयालम अभिनेता बाबुराजमाथि यौन दुर्व्यवहारको आरोप

मलयालम अभिनेता बाबुराजमाथि यौन दुर्व्यवहारको आरोप
अ+ अ-

एजेन्सी । हेमा समितिको प्रतिवेदन बाहिर आएपछि मलयालम फिल्म उद्योगमा हलचल मच्चिएको छ । धेरै अभिनेत्रीहरुले चर्चित निर्माता तथा कलाकारहरुमाथि यौन उत्पीडनको आरोप लगाएका छन् ।

यसैबीच एक जुनियर आर्टिस्टले मलयालम अभिनेता बाबुराजमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

बाबुराज विरुद्धका यी आरोपहरू दिग्गज मलयालम अभिनेता सिद्दिकीले एएमएको महासचिव पदबाट राजीनामा दिएको एक दिन पछि आएका हुन् । सिद्दीकीलाई पनि मलयाली अभिनेत्रीले बलात्कारको आरोप लगाएकी थिइन् ।

मलयालम अभिनेता हुनुको अलावा, बाबुराज मलयालम चलचित्र कलाकार संघको संयुक्त सचिव पनि हुन् ।

मिडिया रिपोर्टका अनुसार, कलाकारले भने कि बाबुराजले उनलाई २०१९ मा केरलाको घरमा बोलाए र त्यहाँ उनीमाथि जबर्जस्ती गर्ने प्रयास गरे ।

‘मलाई फिल्ममा कास्ट गर्ने बहानामा बाबुराजले बोलाएका थिए । उनले घरमा बैठक बस्ने जसमा निर्देशक र पटकथा लेखक पनि आउने बताएका थिए । कलाकारले भनिन्, ‘जब म उनको घर पुगेँ, उनी एक्लै थिए । उनले मलाई एउटा कोठामा पठाए र पर्खन भने, अरूहरू आउँदैछन् । त्यसपछि केही बेरपछि कोठामा आएर ममाथि जबरजस्ती गर्न खोजे । यसपछि म उनको घरबाट भागेँ र अभिनेतासँग कहिल्यै भेट भएन, तर यसका बाबजुद पनि उनले मलाई सामाजिक सञ्जालमा आपत्तिजनक म्यासेज पठाउने गरेका छन् ।’

बाबुराजले कलाकारका यी आरोपको खण्डन गर्दै हेमा समितिको प्रतिवेदन आएपछि आफूमाथि आरोप लाग्ने आशंका लागेको बताए ।