• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्छ: सचिव बिष्ट



काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्ने बताउनुभएको छ ।

आईतवार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुख्खायाम र वर्षायामको विद्युत असन्तुलनलाई ब्यालेन्स गर्न जानुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले सौर्य उर्जामा उपलब्धि नदेखिएको उल्लेख गर्नुभयो ।

उहाँले प्रशारण लाइनमा निजी क्षेत्रलाई ल्याउने सन्दर्भमा पनि विद्युत विधेयकमा प्रश्तावित गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब जलाशयमा त हामी जानुपर्ने नै छ । उर्जा सन्तुलनको लागि पनि एकदमै जरुरी छ । सुख्खायाम र वर्षायामको जुन असन्तुलन छ, यसलाई ब्यालेन्स गर्नको लागि जानुपर्ने बाध्यता नै छ । सौर्य उर्जामा हामीले त्यत्ति धेरै अहिले पनि इपिसेन्सी प्राप्त गर्न नसकिरहेको अवस्थामा बाहिरको आयातलाई कम गर्ने हो भने हामी स्टोरेज आयोजनामा त जानैपर्छ । पञ्चेश्वरको सन्दर्भमा कहाँ पुगेको छ आयोजना । प्रशारण लाइनमा निजी क्षेत्रलाई ल्याउने सन्दर्भमा पनि विद्युत विधेयकमा प्रश्तावित छ ।’

सचिव बिष्टले खेर जाने बिजुलीका लागि बढी खपत हुने बजार खोज्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले आन्तरिक खपत बढाउने र खपत भएर बाँकी रहेको बिजुली मात्रै बेच्नेमा सबै राजनीतिक दलहरु सहमत हुनुपर्ने बताउनु भयो ।