१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको अन्तिम १६ मा लिभरपुल र पोर्टो



अ+ अ-

लन्डन । लिभरपुल र पोर्टोले मंगलबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को यात्रा तय गरेका छन् । किशोर खेलाडी कर्टिस जोन्सले ५८औं मिनेटमा गरेको निर्णायक गोलमा लिभरपुलले एनफिल्डमा भएको खेलमा आयाक्सलाई १–० ले हरायो । यो जितसँगै टोली नकआउट चरण पुग्न सफल भएको हो ।

यो जितपछि योर्गन क्लोपको टिम समूह ‘डी’ को शीर्ष स्थानमा रहने पनि निश्चित भएको छ । 

समूह ‘सी’ मा पोर्टो र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेले । यो नतिजापछि सिटी समूहको शीर्ष स्थानमा रहने निश्चित भएको छ भने पोर्टोको दोस्रो स्थान पनि पक्का भएको छ ।