२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनको धरातल नै कमजोर छ: माधव सापकोटा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काँग्रेस–एमालेको सत्तारुढ गठबन्धनले मुलुकमा राज्यशक्तिको दोहन गरिरहेको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेशमा मन्त्री र राज्यमन्त्रीहरु बढाउने दुई ठूला दलको गठबन्धनले राज्य शक्तिको दोहन गरिरहेको स्पष्ट भएको सांसद सापकोटाको भनाई थियो । उहाँले दुइ ठूला दलको सत्ता बन्धनको धरातल पनि कमजोर रहेको जिकिर गर्नुभयो ।

सांसद सापकोटाले भन्नुभयो, ‘संघमा दुई ठूला दलहरु मिलेर सरकार बनेको झन्डै २ महिना पुग्न लाग्यो । तर प्रदेश सरकारहरुको अवस्था हेर्दा यो समिकरणको धरातल उदांगो भएको छ । कोशीमा सरकारले अझै पूर्णता पाउन सकेको छैन । गण्डकीमा ७ वटा मन्त्रालय छन । १० वटा मन्त्रालयको छलफल चलिराखेको छ । कर्णालीमा अर्को एक जना मन्त्री थप गरियो । वागमतीमा मन्त्रालयको टुंगो नलागिकन विना विभागीय मन्त्रीहरुको सपथ छ । लुम्विनी र सुदूरपश्चिममा मन्त्रीहरु बढाउने र मन्त्रीहरु थप्ने तयारी भईराखेको छ । मधेशको कुरै गर्नु परेन । मधेशमा राज्यमन्त्री र मन्त्रीहरुको लर्को र सम्बन्धित मुख्यमन्त्रीको दलको स्पष्टिकरण । यी सबै कुरा हेर्दा र कर्णाली प्रदेशमा गरिएको एक सर्भेक्षणले के देखाउँछ भने एउटा मन्त्रालयबाट बढाउँदा बार्षिक १० करोड बराबरको लागत बढन जान्छ । यसरी हेर्दा आन्तरिक आम्दानीले साधारण खर्च धान्न नसकेको देखिएको छ । समग्रमा हेर्दा दुई ठूला पार्टीको गठबन्धन राज्यशक्तिको दोहनका लागि भएको भन्ने स्पष्ट छ ।’

सांसद सापकोटाले ठूला दलले प्रदेश सरकार बनाउने कामलाई अझै पूर्ण दिन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।