२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले महिला टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ ।

टीमको कमान्ड हरमनप्रीत कौरलाई दिइएको छ । यस्तै, स्मृति मन्धानालाई उपकप्तान बनाइएको छ ।

विश्वकप अक्टोबर ३ बाट सुरु हुँदैछ । फाइनल खेल अक्टोबर २० मा हुनेछ । भारतीय टोलीको पहिलो खेल ४ अक्टोबरमा न्यूजिल्याण्डसँग हुनेछ ।

यसअघि यो प्रतियोगिता बंगलादेशमा खेल्ने भनिएपनि देशमा राजनीतिक फेरबदल भएपछि आईसीसीले प्रतियोगिता युएईमा सारेको थियो । अब प्रतियोगिताका सबै खेल शारजाह र दुबईमा हुनेछन् ।

महिला टी–२० विश्वकपका लागि भारतीय टोलीः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना (उपकप्तान), शेफाली वर्मा, दीप्ती शर्मा, जेमिमाह रोड्रिग्स, ऋचा घोष (विकेटकीपर), यास्तिका भाटिया* (विकेटकिपर), पूजा वस्त्राकार, अरुंधती रेड्डी, रेणुका सिंह ठाकुर, दयालन हेमलान शोभना, राधा यादव, श्रेयंका पाटिल*, सजना सजीवन ।

ट्राभलिङ रिजर्भः उमा क्षेत्री (विके), तनुजा कंवर, साइमा ठाकोर । नन ट्राभलिङ रिजर्भ रघवी बिष्ट, प्रिया मिश्रा ।

*फिटनेश क्लियरेन्समा निर्भर

यस विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । समूह ए मा भारत ६ पटकको च्याम्पियन अस्ट्रेलियासँग छ । यस बाहेक यो समूहमा पाकिस्तान, न्युजिल्यान्ड र छनोटको टोली समावेश छ ।

समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र क्वालिफायर–२ टोली छन् ।