२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छ: मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा ‘नेपाली चियाका चुनौति’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चियाको पहिलो निर्यात बजार भारत भएको तर भारत आफैँ चियाको ठूलो उत्पादक भएकाले नेपाली चियालाई उचित मूल्य नदिने गरेको बताउनु भयो । उहाँले उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया विक्री गर्न चिया उद्योगी बाध्य हुने गुनासो आएको बताउनु भयो । नेपाली उत्पादनलाई आन्तरिक बजारमा खपत वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपालमा चिया अक्शन केन्द्रलाई सञ्चालनमा ल्याउनका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाउनुभ भयो । स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैतव तयार रहेको बताउनु भयो । मन्त्री अधिकारीले नेपालको अर्थोडक्स चिया उत्पादन मात्रै नभइ सम्पदा भएकाले सबैले माया र प्रवद्र्धन गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने हुन्छ । यसको लागि चियाको अक्शन विकल्प हुनसक्ने महशुस मैले गरेको छु । नेपालमा चिया अक्शन केन्द्रलाई सञ्चालनमा ल्याउनका लागि पहल गर्नेकुरा पनि म सार्वजनिक गर्न चाहन्छु । यस्ता कार्यक्रमले नेपाली नागरिकलाई उच्च गुणस्तरको चियाका बारेमा जागरुकता पैदा गर्नसक्छ । स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्नेछ । जसले बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्नेछ । निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैतव तयार रहनेछ । नेपालको अर्थोडक्स चिया उत्पादन मात्रै होइन, यो हाम्रो सम्पदा हो । जसलाई हामीले माया र प्रवद्र्धन गर्नुपर्छ । नेपालको अर्थोडक्स चियालाई विश्वभर एक परिचित बनाउन सबै मिलेर अघि बढौँ ।’

चिया नीति २०५७ को समय सापेक्ष संशोधन गर्दै चियाको ब्राण्डिङ र प्रमोसनका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिवद्धा व्यक्त गर्नुभयो ।