२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्बिरोध



अ+ अ-

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्बिरोध निर्बाचित हुनु भएको छ । अर्का उम्मेदबार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्बिरोध हुनु भएको हो ।

अन्य पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो चयनका लागि आज ९मंगलबार० निर्वाचन हुँदैछ । २१ जना पदाधिकारी रहने व्यवस्था रहेको एकीकृत समाजवादीमा १८ पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा निर्वाचन हुन लागेको हो ।

अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भैसक्नु भएको छ । १८ पदाधिकारीमा आकांक्षी धेरै हुँदा सहमति हुन नसक्दा एकीकृत समाजवादीले मंगलबार निर्वाचन गर्न लागेको हो ।

महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । १८ सदस्य पदाधिकारीका लागि ६७ जनाभन्दा बढीको उम्मेदवारी परेको छ ।