• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्बिरोध



 

काठमाडौं । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्बिरोध निर्बाचित हुनु भएको छ । अर्का उम्मेदबार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्बिरोध हुनु भएको हो ।

अन्य पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो चयनका लागि आज ९मंगलबार० निर्वाचन हुँदैछ । २१ जना पदाधिकारी रहने व्यवस्था रहेको एकीकृत समाजवादीमा १८ पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा निर्वाचन हुन लागेको हो ।

अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भैसक्नु भएको छ । १८ पदाधिकारीमा आकांक्षी धेरै हुँदा सहमति हुन नसक्दा एकीकृत समाजवादीले मंगलबार निर्वाचन गर्न लागेको हो ।

महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । १८ सदस्य पदाधिकारीका लागि ६७ जनाभन्दा बढीको उम्मेदवारी परेको छ ।