२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ८ दिन लामो अस्ट्रेलियाको र २ दिन लामो थाइल्याण्डको भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । अध्यक्ष लिङ्देन हिजो अबेर स्वदेश फर्कनुभएको हो ।

पार्टीको प्रवासी एकता समाज अस्ट्रेलियाको निमन्त्रणामा अस्ट्रेलियाका विभिन्न शहरमा आयोजित विविध कार्यक्रममा सहभागी हुन साउन ३१ गते उहाँ त्यसतर्फ जानुभएको थियो ।

अस्ट्रेलियामा रहँदा एनआरएनए अस्ट्रेलिया, झापाली समाज, अवैतनिक महावाणिज्यदूतको कार्यालय एवं मेलवर्न, एडिलेड र सिड्नीका नेपाली समुदायद्वारा आयोजित कार्यक्रममा उहाँ सहभागी हुनुभएको थियो ।

अध्यक्ष लिङ्देनले बैङ्ककमा आयोजित प्रवासी नेपाली एकता समाज थाइल्याण्डको भेलालाई सम्बोधन गर्नुभएको थियो ।

भ्रमण पूरा गरी स्वदेश फर्कनुभएका अध्यक्ष लिङ्देनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा कार्यवाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङलगायतले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष लिङ्देन नेतृत्वको भ्रमण टोलीमा केही समयअघि अष्ट्रेलिया पुग्नुभएका प्रवक्ता एवं कोशी प्रदेशका सांसद भक्तिप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी हुनुहुन्थ्यो ।