२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा प्रदीप रोदनको साथमा गजल साँझ -२०२४ को आयोजना



अ+ अ-

काठमाडौं । नेपालबाट कलाकारहरुको बाक्लो संख्यामा उपस्थित भई विभिन्न सांगीतिक कार्यक्रमहरु बाक्लै हुने गरेको जापानमा अनेसास जापानले भने एक पृथक कार्यक्रमको आयोजना गरेको छ ।

जापानमा पहिलो पल्ट नेपाली गजलका प्रणयता मोतीराम भट्टको १५९ औ जन्म जयन्तीको अवसरमा नेपाली युवा पुस्ताका गजल हस्ती प्रदीप रोदन को साथमा गजल साँझ -२०२४ को आयोजन गरिएको छ ।

आगामी अगष्ट ३१ तारीक टोकियो ओकोबू स्थित R’s Art court हलमा ३ बजेबाट , सेप्टम्बर ४ तारीक ओशाका स्थित जिग्री दोहोरी साँझ र सेप्टम्बर ८ तारीक नागोया फुसीमी स्थित दैलो रेष्टूरेण्टमा साँझ ४ बजेबाट कार्यक्रम हुने अनेसास जापानका अध्यक्ष अरुण पौडेलले जानकारी दिएका छन् ।

गजल भन्ने बित्तिकै प्रायः प्रणय भाव हुने भएकोले पनि गजल साँझ हामी नेपाली बिचमा आत्मीयताको साँझको रूपमा साहित्यिक मनहरुलाई जोड़न कोशेढुंगा साबित हुने अनेसास जापानका निवर्तमान अध्यक्ष रबीन शर्मा बताउछन ।

युवा पुस्ता माझ निकै लोकप्रिय गजलकार प्रदीप रोदन समाजका बिकृति बिसंगती देखी राजनीतीसम्म , प्रेम प्रणय देखि बिछोड़का पीड़ाहरुलाई गजल मार्फत पोख्ने गर्छन् ।

जापानमा पहिलोपटक विभिन्न शहरहरुमा हुन गईरहेको यस कार्यक्रममा आफुलाई उपयुक्त हुने स्थानमा उपस्थित भई सफल बनाउन जापानबासी सम्पूर्ण साहित्यिक मनहरुमा अनेसास जापानले हार्दिक अपील गरेको छ ।