२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा प्रदीप रोदनको साथमा गजल साँझ -२०२४ को आयोजना



अ+ अ-

काठमाडौं । नेपालबाट कलाकारहरुको बाक्लो संख्यामा उपस्थित भई विभिन्न सांगीतिक कार्यक्रमहरु बाक्लै हुने गरेको जापानमा अनेसास जापानले भने एक पृथक कार्यक्रमको आयोजना गरेको छ ।

जापानमा पहिलो पल्ट नेपाली गजलका प्रणयता मोतीराम भट्टको १५९ औ जन्म जयन्तीको अवसरमा नेपाली युवा पुस्ताका गजल हस्ती प्रदीप रोदन को साथमा गजल साँझ -२०२४ को आयोजन गरिएको छ ।

आगामी अगष्ट ३१ तारीक टोकियो ओकोबू स्थित R’s Art court हलमा ३ बजेबाट , सेप्टम्बर ४ तारीक ओशाका स्थित जिग्री दोहोरी साँझ र सेप्टम्बर ८ तारीक नागोया फुसीमी स्थित दैलो रेष्टूरेण्टमा साँझ ४ बजेबाट कार्यक्रम हुने अनेसास जापानका अध्यक्ष अरुण पौडेलले जानकारी दिएका छन् ।

गजल भन्ने बित्तिकै प्रायः प्रणय भाव हुने भएकोले पनि गजल साँझ हामी नेपाली बिचमा आत्मीयताको साँझको रूपमा साहित्यिक मनहरुलाई जोड़न कोशेढुंगा साबित हुने अनेसास जापानका निवर्तमान अध्यक्ष रबीन शर्मा बताउछन ।

युवा पुस्ता माझ निकै लोकप्रिय गजलकार प्रदीप रोदन समाजका बिकृति बिसंगती देखी राजनीतीसम्म , प्रेम प्रणय देखि बिछोड़का पीड़ाहरुलाई गजल मार्फत पोख्ने गर्छन् ।

जापानमा पहिलोपटक विभिन्न शहरहरुमा हुन गईरहेको यस कार्यक्रममा आफुलाई उपयुक्त हुने स्थानमा उपस्थित भई सफल बनाउन जापानबासी सम्पूर्ण साहित्यिक मनहरुमा अनेसास जापानले हार्दिक अपील गरेको छ ।