• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

संघउपनायक भिक्षुलाई निर्घात रुपमा कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग



काठमाडौँ । नेपालका बौद्ध संघसंस्थाहरुले ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरलाई निर्घात रुपमा कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् ।

नेपालका संघउपनाक (दोस्रो जेष्ठ भिक्षु)लाई धुलिखेल स्थित पूर्वाराम विहारमा केही अज्ञात व्यक्तिहरुले गत विहीबार राति कुटपिट गरी भागेको विषयमा आईतबार वक्तव्य जारी गर्दै विभिन्न बौद्ध संघसंस्थाले कारवाही गर्न माग गरेका हुन् ।

संघसंस्थाले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै शान्ति सुरक्षामाथि नै प्रश्न उठाएका छन् ।

कुटपिटले भिक्षुको टाउकोमा गम्भीर चोट लागेको छ । जीउभरि नीलडाम र आँखा दुवै रातो हुने गरी सुन्निएका छन् ।

हाल धुलिखेल अस्पतालको मेडिकल आईसीयु (सघन उपचार कक्ष) मा उपचाररत भिक्षुको टाउकोमा रगत जमेको बताइएको छ ।