२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघउपनायक भिक्षुलाई निर्घात रुपमा कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग



अ+ अ-

काठमाडौँ । नेपालका बौद्ध संघसंस्थाहरुले ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरलाई निर्घात रुपमा कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् ।

नेपालका संघउपनाक (दोस्रो जेष्ठ भिक्षु)लाई धुलिखेल स्थित पूर्वाराम विहारमा केही अज्ञात व्यक्तिहरुले गत विहीबार राति कुटपिट गरी भागेको विषयमा आईतबार वक्तव्य जारी गर्दै विभिन्न बौद्ध संघसंस्थाले कारवाही गर्न माग गरेका हुन् ।

संघसंस्थाले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै शान्ति सुरक्षामाथि नै प्रश्न उठाएका छन् ।

कुटपिटले भिक्षुको टाउकोमा गम्भीर चोट लागेको छ । जीउभरि नीलडाम र आँखा दुवै रातो हुने गरी सुन्निएका छन् ।

हाल धुलिखेल अस्पतालको मेडिकल आईसीयु (सघन उपचार कक्ष) मा उपचाररत भिक्षुको टाउकोमा रगत जमेको बताइएको छ ।