१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले टुङ्ग्यायो पदाधिकारी र सदस्य



अ+ अ-

काठमाडौँ:  जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी÷कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ ।

हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिनुभएको छ । यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बन्नुभएको छ ।

महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त हुनुभएको छभने प्रकाश अधिकारी उपमहासचिव चुनिनुभएको छ । मनिषकुमार सुमन पार्टीको प्रवक्ता बन्नुभएको जसपा पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव नियुक्त हुनुभएको छ ।

जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा  सुरिताकुमारी साह चुनिनुभएको छ । रासस