• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइयो



काठमाडौँ । नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेत्री मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको सालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको हो ।

मङ्गलादेवीका पुत्रसमेत रहनुभएका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गर्नुभयो । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेत्रीहरू विष्णुमाया पुडासैनी, डिला सङ्ग्रौला प्रतिमा गौतम, बागमती प्रदेशमन्त्री हरिप्रभा खड्गी, सांसद सपनाराज भण्डारीलगायत कांग्रेस नेता कार्यकर्ताको सहभागिता थियो । महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना भएको थियो । उहाँले महिलाले अंन्हा पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्मशमशेर राणा पद्मकन्या क्याम्पस खोल्न तयार हुनुभएको थियो ।