६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ कार्तिक ३० गते रिलिज हुने



अ+ अ-

काठमाडौं। अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ। निर्माण टोलीले आइतबार रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ।

चलचित्रका निर्देशक जोन राईले यस चलचित्रमा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको बताए। उनले यस चलचित्रले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको कथा प्रस्तुत गर्ने जनाए।

“यसको कथाले दर्शकलाई बम बहादुरको बाल्यकालको स्मरणमा पुर्‍याउँछ, जहाँ उनका सुन्दर पलहरू एकाएक विगतको घटनाले छिन्नभिन्न हुन्छन्। चलचित्रले वर्तमान र विगतको कथा जोड्दै एउटा नाटकीय क्लाइमेक्समा टुङ्गिन्छ, जसले सस्पेन्स, रोमान्स र सोसल ड्रामाका सबै धागाहरूलाई बुन्छ,” निर्देशक राईले बताए।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बाल कलाकार वाशित कार्की, सुरेश पाँचकोटी लगायतको अभिनय रहेको छ।

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन्। जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्। सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन्। वितरण आरआर फिल्म्सले गर्नेछ भने पोस्ट प्रोडक्शन क्लासिक सिने युनिभर्समा गरिएको हो।