२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशीक रोजगारी श्रमिकले बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न अब इसेवाबाट



अ+ अ-

काठमाडौं । वैदेशीक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ । योसँगै वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्ने इसेवा फोन पे को सूचना तथा सञ्चार शाखाले जानकारी दिएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स्ले जारी गर्ने बैदेशीक रोजगार म्यादी बीमाको इसेवा मार्फत भुक्तानी गर्न सकिने पनि जनाएको छ ।
  
यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुबै किसिमको भुक्तानी गर्न सकिन्छ । साथै आफैले वा आफ्नो साथीभाईको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्विकृती लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिने शाखाले बताएको छ । यसैगरी पहिले रोजगारका लागि विदेश गईसकेको र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगतरुपमा अनलाईन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिने छ ।

यस्तै म्यानपावर मार्फत बैदेशिक रोजगारमा पठाउने मेनपावर कम्पनीले पनि एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिनेछ । इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशीक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ । यसअघि कल्णकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो । 




भर्खरै