३१ श्रावण २०८३, आईतवार
,
Latest
‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलमा देखाइने अनुशासन राजनीतिमा पनि लागू गर्नुपर्छ: महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलमा देखाइने अनुशासन राजनीतिमा पनि लागू गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार स्व गायक जेबि टुहुरेको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित फुटसलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यक्तिहरु आपसी द्वन्द्व, प्रतिष्पर्धा, प्रश्नमा, आपसी विमतिमा रहेपनि खेलकुद, गीत, संगीतको समयमा एकै ठाउँमा हुने भन्दै राजनीतिमा पनि विशेष अवस्थामा एक हुन सक्नुपर्ने बताउनु भयो । उहाँले खेलको नियमलाई राजनीतिमा पनि उतार्नसके सफल बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यक्तिहरु आपसी द्वन्द्व, प्रतिष्पर्धा, प्रश्नमा, आपसी विमतिमा पनि हुन्छौँ । तर जब खेल र कलाको कुरा आउँछ, जब संगीतको कुरा आउँछ, हामी एउटै छातामुनि हुन्छाँै । खेलको नियमलाई राजनीतिमा पनि उतार्न सक्नुपर्छ ।’

अभिनेता धिरेन शाक्यले आत्मियाता आदानप्रदानका लागि खेलेको बताउनु भयो । उहाँले दुवै तर्फबाट उत्कृष्ट टिम रहेकाले खेल उत्साहप्रद रहेको बताउनु भयो ।

राजनीतिक दलका नेता र कलाकारहरुले स्व जेबि टुहुरेलाई सो अवसरमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । जेबि टुहुरेको स्मृति दिवसको अवसरमा कलाकार र राजनीतिक दलका नेताहरुबीच फुटसल भएको हो ।