२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्ध र उखु किसानलाई दशैँअघि भुक्तानी दिन्छौं: कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दुध र उखु किसानको रकम दशैँअघि भुक्तानि दिने बताउनुभएको छ ।

आईतवार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री अधिकारीले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानि एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताउनुभएको हो ।

उहाँले उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ उपलब्ध गराउने योजना रहेको बताउनु भयो । मन्त्री अधिकारीले दुग्ध किसानलाई १ अर्ब ३६ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताउनु भयो । उहाँले दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सरकारले योजना बनाइरहेको बताउनु भयो । उहाँले सरकारले किसानसँग उधारो दुध किन्ने र नगदमा बेचेर किसानलाई पैसा नदिने समस्या समाधान गरिने बताउनु भयो । उहाँले उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको भन्दै उक्त रकम पनि दशैँअघि उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको बताउनु भयो । उहाँले सरकारले तरकारी लगायत अन्य कृषिजन्य उत्पादनमा विषादीको प्रयोग न्युनिकरण गर्ने बताउनु भयो । उहाँले तरकारीमा विषादीको प्रयोग नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले १ अर्ब ३६ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी छ । उक्त रकम यो महिनाभित्र वा दशैँअघिसम्म विगत ११ महिनादेखि बाँकी रहेको भुक्तानी पाउनु हुनेछ । सरकारले दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सोच बनाएको छ । किसानसँग उधारो दुग्ध किन्न तर नगदमा बेच्ने किसानलाई पैसा नदिने समस्या दीर्घकालिन रुपमा नओस् भन्ने गरी समाधानका उपाय बनाउने छौं । उखु किसानको विषयमा पनि मन्त्रालय जानकार छ । दशैँअघि रकम उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको छ । १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । कृषि मन्त्रालयको जिम्मेवारीमा म छु । मैले जिम्मा लिन सक्छु । अन्तरसमन्वय गर्नुपर्ने काम हुँदैछ ।’

‘वन,भूमिसुधार,उद्योग,अर्थ,प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयसँग समन्वय अपरिहार्य छ । हामी अन्तरमन्त्रालय समन्वय गरेर जान्छौं । मलाई गलत गर्ने छृुट छैन । ठूला राजनीतिक दलहरु प्रति मान्छेहरुको वितृष्णा फैलिएको छ । वितृष्णा फैलिन नदिन विगतमा जस्तै भयो भने ममा फरक के त रु त्यसकारण त्यसमा छुट मसँग छैन । कृषि क्षेत्रको सुधार गर्नेतर्फ र उद्देश्यमा पुर्‍याउने तर्फ कमजोरी हुन दिई अगाडि बढ्ने उदेश्य बोकेको छु । कृषि बस्तुमा विषादी प्रयोगको विषयमा मलाई थाहा छ । काभ्रे,मकवानपुर,धादिङ,चितवन जिल्लाका विषयमा जानकारी छ । त्यसको व्यवस्थापन गर्ने र विषादिको अत्याधिक प्रयोग नियन्त्रण गर्नु जरुरी छ । तत्काल आज नै सम्भावना नहोला । तर न्युनिकरणको लागि मन्त्रालयको तर्फबाट गरिनुपर्ने काममा कमजोरी हुँदैन ।’

उहाँले कृषि मन्त्रालयको जिम्मा लिएपछि गलत गर्ने छुट नभएको भन्दै कृषि क्षेत्र सुधार गरेर देखाउने बताउनु भयो । उहाँले त्यसको लागि मन्त्रालयगत रुपमा समन्वय गरी कृषि क्षेत्रमा देखिएका समस्या मसाधान गर्दै लैजाने प्रतिवद्धता जनाउनु भयो ।