१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

दुग्ध र उखु किसानलाई दशैँअघि भुक्तानी दिन्छौं: कृषिमन्त्री अधिकारी

दुग्ध र उखु किसानलाई दशैँअघि भुक्तानी दिन्छौं: कृषिमन्त्री अधिकारी
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दुध र उखु किसानको रकम दशैँअघि भुक्तानि दिने बताउनुभएको छ ।

आईतवार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री अधिकारीले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानि एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताउनुभएको हो ।

उहाँले उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ उपलब्ध गराउने योजना रहेको बताउनु भयो । मन्त्री अधिकारीले दुग्ध किसानलाई १ अर्ब ३६ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताउनु भयो । उहाँले दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सरकारले योजना बनाइरहेको बताउनु भयो । उहाँले सरकारले किसानसँग उधारो दुध किन्ने र नगदमा बेचेर किसानलाई पैसा नदिने समस्या समाधान गरिने बताउनु भयो । उहाँले उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको भन्दै उक्त रकम पनि दशैँअघि उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको बताउनु भयो । उहाँले सरकारले तरकारी लगायत अन्य कृषिजन्य उत्पादनमा विषादीको प्रयोग न्युनिकरण गर्ने बताउनु भयो । उहाँले तरकारीमा विषादीको प्रयोग नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले १ अर्ब ३६ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी छ । उक्त रकम यो महिनाभित्र वा दशैँअघिसम्म विगत ११ महिनादेखि बाँकी रहेको भुक्तानी पाउनु हुनेछ । सरकारले दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सोच बनाएको छ । किसानसँग उधारो दुग्ध किन्न तर नगदमा बेच्ने किसानलाई पैसा नदिने समस्या दीर्घकालिन रुपमा नओस् भन्ने गरी समाधानका उपाय बनाउने छौं । उखु किसानको विषयमा पनि मन्त्रालय जानकार छ । दशैँअघि रकम उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको छ । १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । कृषि मन्त्रालयको जिम्मेवारीमा म छु । मैले जिम्मा लिन सक्छु । अन्तरसमन्वय गर्नुपर्ने काम हुँदैछ ।’

‘वन,भूमिसुधार,उद्योग,अर्थ,प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयसँग समन्वय अपरिहार्य छ । हामी अन्तरमन्त्रालय समन्वय गरेर जान्छौं । मलाई गलत गर्ने छृुट छैन । ठूला राजनीतिक दलहरु प्रति मान्छेहरुको वितृष्णा फैलिएको छ । वितृष्णा फैलिन नदिन विगतमा जस्तै भयो भने ममा फरक के त रु त्यसकारण त्यसमा छुट मसँग छैन । कृषि क्षेत्रको सुधार गर्नेतर्फ र उद्देश्यमा पुर्‍याउने तर्फ कमजोरी हुन दिई अगाडि बढ्ने उदेश्य बोकेको छु । कृषि बस्तुमा विषादी प्रयोगको विषयमा मलाई थाहा छ । काभ्रे,मकवानपुर,धादिङ,चितवन जिल्लाका विषयमा जानकारी छ । त्यसको व्यवस्थापन गर्ने र विषादिको अत्याधिक प्रयोग नियन्त्रण गर्नु जरुरी छ । तत्काल आज नै सम्भावना नहोला । तर न्युनिकरणको लागि मन्त्रालयको तर्फबाट गरिनुपर्ने काममा कमजोरी हुँदैन ।’

उहाँले कृषि मन्त्रालयको जिम्मा लिएपछि गलत गर्ने छुट नभएको भन्दै कृषि क्षेत्र सुधार गरेर देखाउने बताउनु भयो । उहाँले त्यसको लागि मन्त्रालयगत रुपमा समन्वय गरी कृषि क्षेत्रमा देखिएका समस्या मसाधान गर्दै लैजाने प्रतिवद्धता जनाउनु भयो ।