• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

साफ यु–२० च्याम्पियनसिप: भुटानलाई हराउदै नेपाल फाइनलमा



काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई हराउदै नेपाल फाइनलमा पुगेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा भुटानलाई  पेनाल्टीमा ४–१ले हराउदै नेपाल फाईनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

अब नेपालले भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।