• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

टिकटक प्रति नेपाली जनमानसको चासोलाई उच्च सम्मान गर्दछौं: टिकटक प्रवक्ता



काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मंचलाई निरन्तरता दिन पाउँदा उत्साहित भएको जनाएको छ ।

टिकटक प्रवक्ताले एक बिज्ञप्ति जारी गर्दे नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेको जनाएका छन् ।

उनले भनेका छन् -नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुशी छौं। यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं । नेपाली जनमानसको डिजिटल अनुभवको लागि वहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं । हाम्रो कम्युनिटीको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको संचार गर्नुका साथै अविश्वसनीय रूपमा प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण आर्थिक अवसरहरूको ढोकासमेत खोलेको छ ।