• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

कुनै पनि फाइल तीन दिन भन्दा बढी नरोकौ : वन मन्त्री शाही



काठमाडौ—वन तथा बातारबण मन्त्री ऐनबहादुर शाही ठकुरीले आयोजना निर्माणको निम्ति आएका फाइलहरु तीन दिन भन्दा बढी नरोक्न निर्देशन दिएका छन ।

आइतबार मन्त्रालयमा आयोजित बैठकमा सहभागी वन तथा बाताबरण मन्त्रालय अन्र्तरगतका महाशाखाका प्रमुखलाई वन मन्त्री शाहीले सेवाग्राहीको फाइलको जवाफ तीन दिन भित्र दिन निर्देशन दिएका छन ।

कागज नमिलेका फाइल सम्बन्धित निकाय ब्यक्तिलाई फिर्ता गरि दिनुस मन्त्रीको भनाई छ । बाधा अडचन देखाएर काम बाट पन्छिने काम नगर्नुस् मन्त्रीले भने अप्ठेरालाई फुकाएर सेवाग्राहीका कामकाजलाई तिब्रता दिनुस् । हामी बिकास गर्छौ भनेर आएका लगानीकर्तालाई निरुत्साहित बनाउने काम नगरौ काम गरि दिएर उत्साहित बनाउने कामतिर लागौ ।

मन्त्रालयमा अनुगमन टिम बनाउ कानुनको उल्लघन गर्नेलाई कारबाही गरौ मन्त्रीको भनाई छ । अप्ठेरा ऐन नियमावली संशोधन गरौ मन्त्री शाहीले भने झिनामसिना कुरामा अल्झिएर राष्ट निर्माण कार्यलाई ओझेलमा नपारौ । मन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलाई पालना गरौ ।

सय दिने कार्य योजनालाई प्रभावकारी बनाउन अन्तरआत्म देखि केही काम गर्छु भन्ने भावना बढाउ मन्त्रीको भनाई छ । कामको आधारमा तपाईहरुको मुल्याकन हुन्छ मन्त्री शाहीले भने काम नगर्ने प्रमुख कर्मचारीलाई त्यति खेर जवाफ दिइने छ ।

हामी काम गर्छौ भनेर आएका छौ राज्यमन्त्री रुपा बिकले भनिन ढिलासुस्तीमा नअल्झियौ सबै मिलेर फाष्ट टयाकमा काम गरौ । नेपालमा उत्पादित काठलाई कसरी उपभोग गर्ने भन्ने सोच्नै पर्ने बेला आएको राज्यमन्त्री बिकले भनिन आफनो बनको काठ खेर फालेर बाहिर बाट काठ ल्याएका छौ ।