५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य प्रशिक्षकमा भट्ट र योन्जन नियुक्त



अ+ अ-

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो ।

२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

यस्तै भलिवलको मुख्य प्रशिक्षकमा जगदीस भट्ट नियुक्त भएका छन् । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ बर्ष देखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भए पछि भट्टलाई जिम्मेवारी दिईएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षमा नियुक्ती दिनु भएको हो । नियुक्ती पत्र बुझाउदै घिसिङले सम्वन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो ।