२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुरका अपराधमा नगद जरिवाना गराउनुपर्छ: डा वाग्ले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउन आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उपसभापति वाग्लले यस्तो बताउनुभएको हो । उहाँले विश्वब्यापी रुपमा नै यस्तो मान्यता रहेको भन्दै नेपालमा पनि यसलाई फलो गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकिङ अपराध पनि एक खालको कसुर भएको बताउनु भयो ।

उहाँले जुनसुकै अपराधमा गर्दा पनि ठोक्ने जाक्ने, थुन्ने भन्ने खालको भाष्य समाजमा बनेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सानो कसुर गरेको खण्डमा ठूलो जरिवाना स्वरुप कारबाही हुँदा त्यस्तो दुष्कर्म गर्नतर्फ नलाग्ने अवस्था आउने भन्दै यस्तो खालको व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले सबैतिर कडा र प्रहरी लगाउन नसक्ने भन्दै जरिवानाको व्यवस्था गर्न उपयुक्त हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘२५ सय वर्ष अगाडि कौटिल्यको अर्थशास्त्रमा पनि त्यही लेखिएको छ । सबैतिरबाट कसि कसाउ गर्न सकिँदैन । प्रहरी गैडा गैडामा तैनाथ गर्न सकिँदैन । त्यसैले स्पट चेक गर्नुपर्छ । दोषी पाइएमा कडा भन्दा कडा कारबाही गर्ने हो । डराएर नै बैंकिङ कसुरको काम गर्दैन भन्ने हो । यो सिद्धान्तलाई अन्य विकशित मुलुकहरुले लागू गरिसकेका छन् । अपराधसम्बन्धि कानूनहरुमा सकारात्मक र सिर्जनात्मक रुपमा डेटेरेन्सतिरबाट मात्रै जाऔं ।’

बैङ्किङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधनमा नगद कारबाहीलाई प्राथमिकता दिनु आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा समेत आर्थिक कसुरमा भौतिक कारबाही भन्दा नगद कारबाही गराउने गरेको भन्दै नेपालमा पनि त्यही प्रणाली विकास गर्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै