• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त ★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा ★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु ★   सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलामा कति पुग्यो ? ★   कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, कांग्रेसका ४ मन्त्रीले लिए शपथ

यस्तो खतरनाक ठाउँः जहाँ सय वर्षदेखि कुनै मानिस जान सकेका छैनन्



एजेन्सी । पृथ्वीमा धेरै ठाउँहरू छन् जुन अत्यन्तै सुनसान छन् । केही ठाउँहरू यस्तो पनि छन् जुन रहस्यमय देखिन्छ । त्यस्ता ठाउँहरूसँग सम्बन्धित धेरै डरलाग्दा कथाहरू छन्, जसका कारण मानिसहरू प्रायः त्यहाँ जानबाट टाढा रहन्छन् ।

आज हामी तपाईलाई एउटा यस्तो ठाउँको बारेमा बताउन गइरहेका छौँ, जहाँ विगत १०० वर्षदेखि कोही गएको छैन र यो पूर्णतया सुनसान छ ।

यो ठाउँ यति सुनसान छ कि यहाँ कुनै मानिसको छाया पनि देखिदैन । तर सधैं यस्तो थिएन । वास्तवमा, यो ठाउँ १०० वर्ष पहिले मानिसहरूले भरिएको थियो । तर एक घटना पछि सबै परिवर्तन भयो र अब कोही जाँदैनन् । यहाँसम्म कि जनावरहरूलाई पनि जान निषेध गरिएको छ ।

यो खतरनाक ठाउँ फ्रान्सको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित छ । यहाँ मान्छे नआउनुको पछाडि एउटा कारण छ, थाहा पाउँदा छक्क पर्नुहुनेछ ।

यो रहस्यमय ठाउँको नाम ‘जोन रुज’ हो । विभिन्न ठाउँमा ‘डेन्जर जोन’ बोर्ड राखिएको छ । गल्तीले पनि कोही नजिक आएमा अगाडि बढ्नु हुँदैन भनी सचेत गराउन यो जडान गरिएको हो । यसलाई ‘रेड जोन’ पनि भनिन्छ ।

भनिन्छ, प्रथम विश्वयुद्धअघि यस क्षेत्रमा नौवटा गाउँ थिए, जहाँ मानिसहरूले खेतीपाती गरेर आफ्नो जीविकोपार्जन गर्थे । तर विश्वयुद्धको समयमा यो ठाउँमा यति धेरै बमबारी भयो कि सम्पूर्ण क्षेत्र ध्वस्त भयो र धेरै मानिसको मृत्यु भयो । त्यसपछि यो ठाउँ बस्नका लागि अयोग्य भयो ।

पूरै क्षेत्रमा ठूलो मात्रामा केमिकलयुक्त युद्ध सामग्री फैलिएकाले यस ठाउँको जमिन विषाक्त भएको बताइएको छ । साथै यहाँको पानी पनि घातक बनेको छ । यो क्षेत्र यति ठूलो छ कि यस क्षेत्रको जमिन र पानीलाई रसायनमुक्त बनाउन सम्भव थिएन । यस्तो अवस्थामा फ्रान्स सरकारले मानिसहरूलाई यहाँ आउन प्रतिबन्ध लगाएको छ ।