१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेलुगु स्टार नागार्जुनको कन्भेन्सन सेन्टरमा डोजर चल्यो



अ+ अ-

एजेन्सी । तेलुगु स्टार नागार्जुनको हैदराबादमा रहेको गैरकानुनी एन कन्भेन्सन सेन्टरमा डोजर चलेको छ ।

शनिबार उक्त स्थान बुलडोजरले ध्वस्त पारेको हो । उनले रंगारेड्डी जिल्लाको शिल्परामम नजिकै माधपुरको हाइटेक सिटी नजिक यो केन्द्र बनाएका थिए ।

तालको जग्गामा गैरकानुनी रूपमा यो केन्द्र निर्माण गरेको आरोप अभिनेतामाथि लागेको थियो । अर्कोतर्फ, नागार्जुनले यो कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ‘अदालतले तोड्ने निर्णय गरेको भए म आफैं तोड्ने थिएँ । अधिकारीहरुको यो गलत कारबाहीमा अदालतबाट राहत मिल्ने विश्वास लिएको छु ।’

सम्मेलन केन्द्र ६ दशमलव ६९ एकडमा निर्माण गरिएको हो । थुम्मीकुण्टा तालको ३.३० देखि ३.४० एकड जमिन अतिक्रमण गरी निर्माण गरिएको हो । हैदरावादका भास्कर रेड्डीलगायत धेरै उजुरीकर्ताहरूले हाइड्रामा गुनासो गरेका थिए । यसपछि यो कारबाही गरिएको हो ।

६४ वर्षीय नागार्जुनले १०० भन्दा बढी हिन्दी र साउथ फिल्ममा काम गरिसकेका छन् । उनको पहिलो फिल्म विक्रम (१९८६) थियो । यस्तै, उनले फिल्म शिवबाट बलिउडमा आफ्नो यात्रा सुरु गरेका थिए ।