• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

पर्यटनमन्त्री पाण्डे र गुजरातका मुख्यमन्त्री भूपेन्द्र भाई पटेल बीच भेट, गुजरातबाट पोखरा उडानका लागि आग्रह



काठमाडौं । धर्म धम्मा सम्मेलनका लागि भारत पुग्नु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  बद्री प्रसाद पाण्डेले गुजरातका मुख्यमन्त्री भूपेन्द्र भाई पटेलसंग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा गुजरातको अहमदावाद विमानस्थल बाट सोझै पोखरा विमानस्थलमा हवाई यातायात संचालन गर्न आवस्यक पहलकदम गर्न आग्रह गर्नुभयो ।

सिधा उडान हुदा सोमनाथ देखी पशुपतिनाथसंगको शिव अन्तरसम्बन्ध र गुजरात स्थित वैष्णव सनातनीहरू एवं  स्वामीनारायण समुदायलाई स्वामीनारायण भगवान निलकण्ठको तपोस्थली तथा भगवान विष्णुको आदिमन्दिर मुक्तिनाथ दर्शन सुलभ हुने जनाईएको छ ।

मन्त्री पाण्डेले नेपालको तर्फबाट गर्नुपर्ने आवश्यक पहलकदमलाई पूर्णरूपमा सहयोग गर्ने बताउनु भयो ।