• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

एभर्टनमाथि टोटेनहमको सहज जित, लेस्टर सिटी फुलहमसँग पराजित



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले एभर्टनलाई ४–० गोलले हराएको हो ।

घरेलु मैदानमा फराकिलो जित निकालेको टोटेनहमका सन हेउंग मिनले दुई तथा यभ्स बिसोउमा र क्रिस्टियन रोमेरोले एक–एक गोल गरे ।

यस्तै, गएराति नै भएको अर्को खेलमा फुलहमले लेस्टर सिटीलाई २–१ गोलले हरायो । फुलहमलाई जित दिलाउन स्मिथ रोए र एलेक्स इओवीले एक–एक गोल गरे भने लेस्टरका ओउट फइसले एक गोल फर्काए ।