• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

ब्राइटनसँग हार्यो म्यान्चेस्टर युनाइटेड



काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार बेहोरेको छ ।

भर्खरै सम्पन्न खेलमा युनाइटेड ब्राइटनसँग २-१ गोलले स्तब्ध बनेको हो ।

खेलको ३२ औं मिनेटमा ड्यानी वेलबेकले गोल गर्दै घरेलु टोलि ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६०औं मिनेटमा अमद दियालोले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

यता खेल सकिनै लाग्दा इन्जुरी समयमा जोआओ पेड्रोले गोल गर्दै ब्राइटनलाई रोमान्चक जित दिलाए ।

ब्राइटनको यो लगातार दोस्रो जित हो ।