• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध



इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा इङलिस महारथी फुटबल क्लब म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ ।

ब्राइटनको गृहमैदानमा भएको खेलमा ब्राइटनसँग युनाइटेड २–१ गोलले स्तब्ध भएको थियो ।

पहिलो हाफको ३२ औं मिनेटमा युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेकले ब्राइटनका लागि पहिलो गोल गरेका थिए ।

तुलनात्मक रुपमा कमजोर खेल प्रदर्शन गरेको युनाइटेडका लागि ६० औं मिनेटमा अमाद डियालोले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

तर दोस्रो हाफको इन्जुरी समयमा ब्राइटनका लागि जोआओ पेड्रोले हेड मार्फत गोल गरेर टोलीलाई विजयी गराए ।

ब्राइटनको आक्रमणसामु युनाइटेडको रक्षापंक्ति कमजोर मात्र होइन निकै फिक्का देखिएको थियो । ब्राइटनका दुबै गोल युनाइटेडका रक्षापंक्तिको कमजोरीका कारण भएका थिए ।

यो जितसँगै ब्राइटनले लगातार २ खेल जितेर ६ अंक बनाएको छ । युनाइटेडको भने एक जित र एक हारका साथ ३ अंक छ र ऊ आठौं स्थानमा छ । एजेन्सी