१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पुस्तकालय दिवस मनाउन समिति गठन

पुस्तकालय दिवस मनाउन समिति गठन
अ अ+ अ-

काठमाडौँ । सरकारले १७औँ पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउने सम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले पुस्तकालय दिवस मनाउने निर्णय गरेको हो ।

सत्रौँ पुस्तकालय दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारीस्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले कार्यक्रम गरेको थियो ।

आज मूल समारोह समिति अन्तर्गतको सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिले भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।

आइतबार त्रिभुवन विश्वविद्यालयको पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागले कार्यक्रम गर्ने बताइएको छ । यसैगरी नेपाल लाइब्रेरी फाउण्डेशनले किङ्स् कलेज बबरमहलमा पुस्तकालयसम्बन्धी विषयमा कार्यक्रम गर्ने कार्यक्रम तय भएको छ ।

यही भदौ १२ गते राष्ट्रिय पुस्तकालयले कार्यक्रम गर्ने भएको छ । पुस्तकालय दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयले समेत सांसदहरुका लागि कार्यक्रमको आयोजना गर्ने कार्यक्रम तय भएको मूल समारोह समितिका सदस्य सचिवसमेत रहनुभएका शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय तथा अभिलेख शाखा प्रमुख उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिनुभयो ।

मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ । यही नाराका आधारमा भदौ १५ गते पुस्तकालय दिवसको मूल कार्यक्रम गरिने छ । कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिकासमेत सार्वजनिक गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

पुस्तकालय दिवसकै अवसरमा बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालयले भानुभक्तीय रामायण वाचन कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा मन्त्रालयको २०७८/७९ को सर्वेक्षणअनुसार देशभर नौ सय २८ सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेका छन् ।

तीमध्ये हाल दुई सय २७ पुस्तकालय मात्र राम्रोसँग सञ्चालनमा रहेका नेपाल सामुदायिक पुस्तकालय सङ्घको महासचिवसमेत रहनुभएका मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । रासस