• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   पहिराेले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध ★   नेकपा एमालेको सचिवालय बैठक आज बस्दै ★   क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या ★   सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती ★   कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी ★   आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने ★   संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने ★   कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भनेपछि मेटमणीलाई ३ दिने स्पष्टीकरण ★   पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ ★   क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

पुस्तकालय दिवस मनाउन समिति गठन



काठमाडौँ । सरकारले १७औँ पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउने सम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले पुस्तकालय दिवस मनाउने निर्णय गरेको हो ।

सत्रौँ पुस्तकालय दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारीस्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले कार्यक्रम गरेको थियो ।

आज मूल समारोह समिति अन्तर्गतको सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिले भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।

आइतबार त्रिभुवन विश्वविद्यालयको पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागले कार्यक्रम गर्ने बताइएको छ । यसैगरी नेपाल लाइब्रेरी फाउण्डेशनले किङ्स् कलेज बबरमहलमा पुस्तकालयसम्बन्धी विषयमा कार्यक्रम गर्ने कार्यक्रम तय भएको छ ।

यही भदौ १२ गते राष्ट्रिय पुस्तकालयले कार्यक्रम गर्ने भएको छ । पुस्तकालय दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयले समेत सांसदहरुका लागि कार्यक्रमको आयोजना गर्ने कार्यक्रम तय भएको मूल समारोह समितिका सदस्य सचिवसमेत रहनुभएका शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय तथा अभिलेख शाखा प्रमुख उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिनुभयो ।

मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ । यही नाराका आधारमा भदौ १५ गते पुस्तकालय दिवसको मूल कार्यक्रम गरिने छ । कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिकासमेत सार्वजनिक गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

पुस्तकालय दिवसकै अवसरमा बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालयले भानुभक्तीय रामायण वाचन कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा मन्त्रालयको २०७८/७९ को सर्वेक्षणअनुसार देशभर नौ सय २८ सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेका छन् ।

तीमध्ये हाल दुई सय २७ पुस्तकालय मात्र राम्रोसँग सञ्चालनमा रहेका नेपाल सामुदायिक पुस्तकालय सङ्घको महासचिवसमेत रहनुभएका मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । रासस