१७ भाद्र २०८३, बुधबार
,
Latest
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा डुबेर बालकको मृत्यु



अ+ अ-

बरहथवा । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो ।

घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

उनलाई स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उहाँले बताउनुभयो ।