३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नाकाबन्दी र भुराजनीति: यस कारण निस्किएन संयुक्त विज्ञप्ति !

नाकाबन्दी र भुराजनीति: यस कारण निस्किएन संयुक्त विज्ञप्ति !
अ+ अ-

प्रधानमन्त्री  केपी शर्मा ओलीको भारत भ्रमण अन्तिम चरणमा पुगिसकेको थियो। अर्को देशको विशिष्ट अधिकारीको भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्ति निकाल्ने प्रचलन छ । खास गरी राष्ट्र प्रमुख, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरुको भ्रमण सकिएपछि जारी हुने विज्ञप्तिमा दुईपक्षीय वार्तामा भएका उपलब्धिहरु, विचार आदानप्रदान र भ्रमणको क्रममा भएका गतिविधिहरु समेटिएको हुन्छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि संयुक्त विज्ञप्ति तयार पार्न दुवै देशका परराष्ट्र मन्त्रलायका अधिकारीहरु वार्ता सकिएदेखि नै काम गरिरहेका थिए । विज्ञप्ति तयार गर्न हामीले दिल्लीमै सम्बन्धित अधिकारीहरुलाई छोडेका थियौं ।

मस्यौदा तयार गरी स्वीकृतिका लागि आदानप्रदान पनि भए । संयुक्त विज्ञप्तिमा समेटिने केही विषयहरुमा सहमति हुन सकिरहेको थिएन । भारतीय पक्षले नेपालको संविधान अपूर्ण रहेको र सबै पक्षलाई स्वीकार्य हुने गरी संविधान संशोधन हुने आशयसहितका शब्दहरु राख्न चाहेको थियो । मैले परराष्ट्र सचिव शङ्करदास वैरागीलाई प्रस्ट निर्देशन दिएको थिएँ— कुनै पनि हालतमा नेपालको आन्तरिक विषय संयुक्त विज्ञप्तिमा समावेश हुन सक्दैन । बरू नेपालको नयाँ संविधान भारतले स्वागत गरेको शब्दावली उल्लेख हुनुपर्छ । यदि स्वागत गर्न तयार नहुने हो भने त्यो विषय छुँदै नछोऔं ।

हामी तेहरी, भुज र मुम्बई भ्रमणमा रहँदा विज्ञप्तिका मस्यौदा आइरहेका थिए । दुवै पक्षलाई सहमति हुने विज्ञप्ति बन्नेबारेमा प्राय: सबै ढुक्कजस्तै थिए । तर, भ्रमणको अन्तिम दिनसम्म पनि सहमति हुन सकेन । परराष्ट्र सचिवले मलाई मस्यौदा देखाए, घुमाउरो पाराले उही विषय भारतले छिराउन खोजेकाले मैले मानिनँ । प्रधानमन्त्री ओली बसेको कोठमा गएर ‘संयुक्त विज्ञप्ति जारी हुन नसक्ने’ बारे जानकारी गराएँ । मेरोअडानमा प्रधानमन्त्रीले दह्रो समर्थन जनाए ।

मुम्बईबाट मैले भारतीय विदेश मन्त्री सुषमा स्वराजलाई टेलिफोन गरेर अन्तिम प्रयास गरें तर सहमति हुन सकेन । त्यसपछि सौहार्दपूर्ण रुपमा भनें— “त्यसो हो भने संयुक्त विज्ञप्ति जारी नगरौं । विज्ञप्ति आउनै पर्छ भन्ने छैन । हामीबिच राम्रो कुराकानी भएकै छ । हुनुपर्ने सम्झौता पनि भइसकेका छन् । प्रधानमन्त्रीको भ्रमण सफल भएको छ । दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन पनि गरिसक्नुभएको छ । संयुक्त विज्ञप्ति नआएर केही फरक पर्दैन । अब बाँकी विषयमा आआफ्नो ढङ्गबाट प्रेसलाई जानकारी गराऔं ।”

मेरो सुझावमा उनी सहमत भइन् । संयुक्त विज्ञप्ति निकालिएन । प्रधानमन्त्री के. पी. ओलीसहितको नेपाली टोली भारतको भ्रमण सकेर फागुन १२ गते काठमाडौं आइपुग्यो । नेपालले संविधान जारी गरेपछि उत्पन्न विवाद र दुई देशबिचको सम्बन्धमा देखिएको गतिरोध करिब करिब अन्त भयो ।

कमल थापाद्वारा लिखित ‘नाकाबन्दी र भुराजनीति’ पुस्तकबाट साभार

२०७२ फागुन दोस्रो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ६ दिन लामो भारत भ्रमणमा गर्नुभएको थियो । सो समयमा थापा उपप्रधान तथा परराष्ट्र हुनुहुन्थो । भ्रमणमा उहाँ सहभागी हुनुहुन्थो ।