१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई



नवलपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई शनिबार बिहान भरतपुर बिमानस्थलमा स्वागत गरिँदै । तस्बिरः कृष्ण आचार्य / रासस
अ+ अ-

भरतपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पार्नुभएको छ ।

आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गर्नुभयो ।

“विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो”, उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।”

विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन ।”

मन्त्री भट्टराई नवलपुरमा हुने कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।




भर्खरै