• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या ★   सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती ★   कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी ★   आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने ★   संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने ★   कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भनेपछि मेटमणीलाई ३ दिने स्पष्टीकरण ★   पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ ★   क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल ★   रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ ★   प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन



मलङ्गवा । मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ ।

बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन भएको प्रहरीले जनाएको छ । कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उहाँको घटनास्थलमै निधन भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

पूर्ववडाध्यक्ष यादवले चलाएको मोटरसाइकले एउटा साइकल ठक्कर दिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । “साइकल, चप्पल र मोबाइलको खोल घटनास्थलमै रहेको तर साइकल चालक फरार छ”, उहाँले भन्नुभयो, “पूर्ववडाध्यक्षको घटनास्थलममै मृत्यु भएपछि साइकल चालक डराएर फरार भएको हुनसक्छ ।”

साइकल चालकको खोजी तथा दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । यादवको टाउकाको पछाडि भागमा गम्भीर चोट लागेको छ ।

नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य रहनुभएका यादव २०७४ को निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । रासस