काठमाडौं । नायिका श्वेता खड्काले मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी छन् । विवाहको लागि नायिका खड्काले गोकर्ण फरेष्ट रिसोर्टलाई छनौट गरेकी छन् । उनको बिहेका निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको विभिन्न समाचारमा खुलाइएको छ । नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् ।
श्वेताले चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनको विवाह नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते भएको थियो । विवाहको एक महिना पश्चात श्रीकृष्णको निमोनिया र बोन क्यान्सरको उपचारका क्रममा वि.सं २०७१ साल साउन २५ गते, अगस्ट १०, २०१४ मा नयाँ दिल्ली, भारतको सर गगां राम अस्पतालमा निधन भएको थियो । श्रीकृष्णको निधन ४७ को उमेरमा भएको हो ।
यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध रहेकी छिन् । हाल उनी विवाह वन्धनमा बाधिन लागेकी विभिन्न समाचार मार्फत बाहिरिएको छ ।









