१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

तनहुँ दुर्घटनाः यी हुन् ज्यान गुमाउने र घाइते भएकाहरु (सूचीसहित)

तनहुँ दुर्घटनाः यी हुन् ज्यान गुमाउने र घाइते भएकाहरु (सूचीसहित)
अ अ+ अ-

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा वतन नखुलेका १६ वर्षीय सुहास राय, १० वर्षीया परी भारते, ६० वर्षीय सल्बा भारन्दे भारते, ५० वर्षीया निलिमा जाउडे, ४२ वर्षीया सरला रानी, ४४ वर्षीय पङ्कज भङ्गाडे, ५० वर्षीय सन्दीप राजाराम सरादे, ५७ वर्षीया निलिमा झाण्डे, ५५ वर्षीय तुलसीराम ताइडे, ४० वर्षीय गणेश मानन्दे, ४३ वर्षीया पल्लादे सरादे, ४५ वर्षीया अनिता पाटेल, नाम नखुलेका ५० वर्षीया महिला, ५२ वर्षीया भारती जाउडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

त्यस्तै, मृत्यु हुनेमा ५१ वर्षीया रोहिणी जाउडे, ६० वर्षीया सुलोमा भारण्डे, ४५ वर्षीय सुवास राणे, ५० वर्षीय प्रकाश नाथकोटी, ३५ वर्षीया लीना भारण्डे, नामथर नखुलेका ५०/५५ वर्षीय पुरुष, ६० वर्षीय सुधाकर ताउडे, ३५ वर्षीय सागर जाउडे, ४५/५० वर्षीया सरोज मनोज झिरुक, नामथर नखुलेका ३५/४० वर्षीय पुरुष, २५ वर्षीय अनुद सरद, ५६ वर्षीया भारती जाउडे र ५१ वर्षीया सरला तुलसीराम तायडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा ६० वर्षीय सुनिल झाण्डे, ४५ वर्षीया भारती पटेल, ३२ वर्षीय अविनास पटेल, ४५ वर्षीया रेखा कोटी, ५५ वर्षीय न्यारेश्वर नोन्डे, ५८ वर्षीय आनन्द इक्ले, ६० वर्षीया आशा पाण्डुरा, ६० वर्षीया सारदा पटेल, ५५ वर्षीय प्रवीण पटेल, ४० वर्षीया मनिषा भङ्गाडे, ५६ वर्षीय हेमराज सरौती, ५८ वर्षीय आशा बोन्डे, ४३ वर्षीया रुपाली सरौदी, ४५ वर्षीया सीमा झिङ्गठे, ६० वर्षीय सुनोदिन झाउडे, ५५ वर्षीया नेलिमा घेरोङ रहेका छन् । दुर्घटनामा घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो ।