२१ कार्तिक २०८२, शुक्रबार
,
Latest
अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको छ ।

यो जितसँगै नेपाल समूह विजेता बनेको छ । नेपालको जितमा समिर तामाङ र निराजन धामीले गोल गरे ।

नेपाल र बंगलादेश यसअघि नै सेमिफाईनल प्रवेश गरिसकेका थिए । यो खेलको नतिजाबाट समूह विजेताका लागि टुंगो लाग्ने थियो ।

नेपाल समूह ए मा दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा बंगलादेश ३ अंकसहित समूह उपविजेता बन्यो । श्रीलंका भने दुवै खेल हारेर यसअघि न‌ै समूह चरणबाट बाहिरिइसकेको छ ।

नेपालले सेमिफाईनलमा भिड्ने टोलीको टुंगो शुक्रबार हुने समूह बी को अन्तिम खेलपछि लाग्नेछ ।

च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह समूह बी को अन्तिम खेल भारत र माल्दिभ्सबीच हुनेछ ।