३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमाद एफएमद्वारा सेन्ट्रल कलेज खुल्ला तीज गीत प्रतियोगिता आयोजना



अ+ अ-

तनहुँ । मौलिक कला संस्कृतिमार्फत प्रतिभा ज्ञान र समाजको वास्तविकता उजागर गर्ने उद्देश्यसहित भिमाद एफएम १००.९ मेगाहर्जले हरितालिका तीजको अवसरमा सेन्ट्रल कलेज खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

भाद्र २१ गते हरितालिका तीजको दिन भिमाद रङ्गशालामा खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

पछिल्लो समय नेपाली नारीहरुको महान चाड हरितालिका तीजमा पश्चिमेली संस्कृति भित्रिएको साथै भड्किलो शैलीको विकास भएकाले संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको भिमाद एफ.एमका अध्यक्ष मिलन आले बताउँछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३० हजार १००.९ , २० हजार १००.९ , १० हजार १००.९ र ५ हजार १००.९ साथमा प्रमाणपत्र प्राप्त गर्ने एफ.एमकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक सुजन रानाले जानकारी दिइन् ।

एफएम स्टेशन म्यानेजर अमृत परियारका अनुसार प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालि रहेको छ ।

साथै, कार्यक्रममा लोक दोहोरी गायिका मञ्जु विकको विशेष प्रस्तुती रहनेछ भने राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारी, मोडर्न पेन्टाथोलनकी राष्ट्रिय खेलाडी विनिता नेपालीलाई सम्मान पनि गरिनेछ । खुल्ला तीज गीत प्रतियोगिता भएकाले देशको जुनसुकै ठाउँबाट सहभागी हुन पाइनेछ ।