२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडा तस्करीका दोषी १५ वर्षपछि पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

चितवन । दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । विसं २०६२ असोज १२ गते मुद्दा दायर भई विसं २०६४ पुस २० गते निकुञ्जले चौधरीलाई १५ वर्ष कैद र रु एक लाख जरिवाना फैसला गरेको थियो ।

गैँडा तस्करहरुले दुईपटकसम्म गैँडा मार्ने असफल प्रयास गरेपछि नेपाली सेनाका भगौडा निज चौधरीलाई समेत समूहमा सामेल गरी गैँडा मारेको अन्य पक्राउ परेकाहरुको वयानबाट खुलेको उहाँले जानकारी दिनुभयो । निजहरुले भारतबाट बन्दुक किनेर गैँडा मारेको खुल्न आएको छ । चौधरीको समूहले पुष्पलाल भण्डारीको समूहलाई खाग बिक्री गरेको खुल्न आएको अधिकारीले जानकारी दिनुभयो ।

निकुञ्जको फैसलापछि निज चौधरी जिल्लाकै गुञ्जनगर र खुरखुरेमा बसाइँसराइ गरेका थिए । निजलाई खुरखुरेबाट बिहीबार पक्राउ गरिएको हो । यसै अवधिमा तीनपटक कतार गएर आएको पक्राउपछि चौधरीले वयान दिएका छन् । चौधरी एक वर्षअघि कतारबाट नेपाल आएका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जले फरार अभियुक्तको खोजी प्रयासपछि चौधरी पक्राउ पर्न सफल भएको बताउनुभयो । निजलाई जिल्ला कारागार कार्यालय चितवन पठाइएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय तस्कर समूह सक्रिय भएसँगै निकुञ्ज चोरी शिकार नियन्त्रणका लागि विभिन्न नयाँ रणनीतिका साथ अघि बढेको जनाएको छ ।