२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-भारत सम्बन्ध अझ मजवुत भएको छ: परराष्ट्रमन्त्री राणा



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भ्रमणले सदियौँ पुरानो नेपाल(भारत सम्बन्ध अझ मजवुत भएको विश्वास व्यक्त गर्नुएको छ।

छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँनु भन्दा अगाडी उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ -मलाई भ्रमणका लागि आमन्त्रण गरी न्यानो स्वागत एवं आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद ज्ञापन गर्दछु ।

उहाँले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू, विदेशमन्त्री श्री डा। एस जयशङ्करज्यू सँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता भएको जनाउनु भएको छ । उहाँले भ्रमणका लागि आमन्त्रण गरी न्यानो स्वागत एवं आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

गत आइतबार नयाँ दिल्ली पुग्नुभएकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस.जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो ।