९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंक :कोरोना प्रभावित ऋणीले ६ महिनासम्म ब्याज नतिरे पनि धितो लिलामी नहुने



अ+ अ-

काठमाडौं । कोरोना प्रभावित ऋणीहरुले ६ महिनासम्म ब्याज तिर्न नसके पनि धितो लिलामी भने नहुने भएको छ । राष्ट्र बैंकले भने, ‘कोभिड–१९ को असर परेका ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्नु पर्ने व्यवस्था गरिनेछ ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमा भने अनुसार कोरोनाका कारण धितो लिलामी हुने अवस्थामा पुगेका हजारौं ऋणीहरुले केहि समयका लागि राहत पाउनेछन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत कोरोना प्रभावित ऋणीहरुले ६ महिनासम्म ऋणको ब्याज तिर्न नसकेको अवस्थामा केहि समयका लागि धितो लिलामी जस्ता प्रक्रिया स्थगन गर्नुपर्ने व्यवस्था गरेको हो ।